स्थानीय तह निर्वाचन २०७९

खडक नगरपालिकाको मेयरमा माओवादीका चौधरी विजयी

इकागज |
जेठ ६, २०७९ शुक्रबार ४:२२ बजे

काठमाडौं–सप्तरीको खडक नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् ।

उनले ५ हजार ८ सय ८२ मत ल्याएर विजयी भएका हुन् ।  उनका प्रतिस्पर्धी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे ।


यस्तै उपमेयरमा जसपाका रिताकुमारी चौधरी ६ हजार २३१ मत प्राप्त गरी निर्वाचित भएकी छिन् ।

उनका  प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार यासमिन सुल्तान खातुनले ३ हजार २ सय १० मत प्राप्त गरिन् । खातुन निवर्तमान उपमेयर समेत हुन् ।
 


Author

थप समाचार
x