शिक्षा

एसईईमा खोटाङका १३८ विद्यार्थी अनुपस्थित

इकागज |
बैशाख ११, २०७९ आइतबार १८:२६ बजे

फाइल तस्वीर

खोटाङ - एसईई परीक्षामा खोटाङका १३८ विद्यार्थी अनुपस्थित भएका छन् । एसईई परीक्षाका लागि नियमिततर्फ ३ हजार ७३२ जनाले फर्म भरेकामा ३ हजार ५९४ जना मात्र परिक्षामा सहभागी भएका छन् ।

परीक्षामा १ हजार ९२४ छात्रा र १ हजार ६७० छात्र उपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई खोटाङका प्रमुख सेमन्त गौतमले बताए । शुक्रबारदेखि सुरु भएको एसइई परिक्षामा ७४ छात्रा र ६४ छात्रा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ । 


 यस्तै, यस वर्ष ८४ जनाले ग्रेडवृद्धि परीक्षाका लागि फर्म भरेका थिए । त्यसमध्ये आइतबार २१ छात्रा र १७ छात्र परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय ईकाई खोटाङका प्रमुख गौतमले बताए । जिल्लाका २३ वटा केन्द्रमार्फत एसइई परीक्षा सञ्चालन भइरहेको छ । 


Author

थप समाचार
x