शिक्षा

युरो स्टार मन्टेश्वरी स्कुलले मनायो बुद्ध जयन्ती

इकागज |
जेठ १०, २०८१ बिहीबार १४:९:१३ बजे

काठमाडौँ - आज २५६८ औँ बुद्ध जयन्ती । विभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्यालयहरूमा पनि बुद्ध जयन्तीमा विभिन्न कार्यक्रम गरिएको छ ।


विद्यालयले बालबालिकालाई शिक्षा मात्रै दिएको छैन आफ्ना अग्रजहरूको परिचय गराउने र बुद्धका सत्कर्म र सत् वचनबारे पनि जानकारी दिने गरेको छ । कला, संस्कृति, विभूतिहरूबारे जानकारी दिने गर्छ । काठमाडौँको युरो स्टार मन्टेश्वरी स्कुलले पनि बालबालिकाहरूलाई बुद्ध जयन्ती बारे जानकारी दिँदै बुद्ध जयन्ती मनाएको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।


Author

थप समाचार
x