शिक्षा

जापान सरकारले हस्तान्तरण गर्‍यो नवनिर्मित कक्षाकोठा

इकागज |
फागुन १८, २०८० शुक्रबार १३:५४ बजे

काठमाडौँ- जापान सरकारको सहयोगमा मकमवानपुरको श्री प्रजा प्रगति आधारभूत विद्यालयमा बनेको नयाँ कक्षा कोठा हस्तान्तरण गरिएको छ ।

नेपालस्थित जापानी दूतावासले बिहीबार राक्सिराङ-२, कुडुलेमा रहेको विद्यालयमा निर्मित नयाँ कक्षा कोठा हस्तान्तरण गरेको हो ।


जापान सरकारअन्तर्गतको ग्रासरुट्स ह्युम सेक्युरिटी प्रजेक्ट्स (जीजीपी)मार्फत प्रजा प्रगति आधारभूत विद्यालयमा कक्षा कोठा निर्माण गरिएको दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।

कक्षा कोठाको निर्माण नेपाली रुपैयाँ करिब एक करोड लागतमा गरिएको दूतावासले जानकारी गराएको छ ।

२०३६ मा स्थापना भएको विद्यालयमा कक्षा ८ सम्म पढाइ हुने गरेको छ । विद्यालयमा ५० प्रतिशत विद्यार्थी चेपाङ समुदायबाट रहेका छन् ।


Author

थप समाचार
x