शिक्षा

शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता : नवनियुक्त उपकुलपति बराल

इकागज |
फागुन १०, २०८० बिहीबार १९:२० बजे

कीर्तिपुर- त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पद बहाली गरेका छन् । आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

पद बहालीपछि उपकुलपति बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताए ।


'त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ,' उनले भने ।

शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति बरालले बताए । विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफ्नो योजनामा रहेको उनको भनाइ थियो । रासस


Author

थप समाचार
x