शिक्षा

सरस्वती क्याम्पसमा अनेरास्ववियूको ताला

इकागज |
माघ ३, २०८० बुधबार १३:५० बजे

काठमाडौँ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले सरस्वती बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । विभिन्न ७ बुँदे माग राख्दै अनेरास्ववियूले आज तालाबन्दी गरेको हो ।

आय व्ययको विवरण सार्वजनिक गर्नुपर्ने र सोको पारदर्शिता कायम गर्नुपर्ने, प्रशासनिक काम कारबाही छिटो छरितो गर्नुपर्ने र सबै कामहरू अनलाइन प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउने, विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूलाई पुस्तकालयबाट सहज रूपमा किताबहरू उपलब्ध गराउने र क्याम्पसमा बैंकको एक्सटेसन काउन्टर यथाशीघ सञ्चालन गर्नेुपर्ने माग राखेको छ ।


त्यस्तै विद्यार्थीहरूको सहजीकरणको लागि रिसेप्सन कक्षको स्थापना गर्ने, पठनपाठनको लागि कक्षाकोठाहरूको अभाव भएका कारण भौतिक संरचना निर्माण तथा व्यवस्थापन गर्नुपर्ने र स्वतन्त्र विद्यार्थी युनियनको खाता यथाशीघ्र सञ्चालन गर्ने माग राखेर तालाबन्दी गरेको हो ।


Author

थप समाचार
x