शिक्षा

इस्लिङ्टन कलेजको दिक्षान्त समारोह सकियो

इकागज |
मंसिर २९, २०८० शुक्रबार ९:४२ बजे

काठमाडौँ- कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन र बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजीका ७१० जना विद्यार्थी सहभागी भएका थिए ।

स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी र एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दिक्षित भएका थिए । समारोहमा बिजनेस विषयमा स्नातक तह गर्ने १४५ र आइटि तह पुरा गर्ने ५६५ विद्यार्थी गरी कुल ७८२ विद्यार्थी दिक्षित भएका थिए ।


वार्षिक  दिक्षान्त  समारोह,  हाम्रो  स्नातक  कक्षाको  शैक्षिक  उत्कृष्टता  मनाउने  दुई  दिने  भव्य कार्यक्रम भएको कलेजले जनाएको छ । यस वष लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट छात्रवृत्तिको लागि दुई उत्कृष्ट विद्यार्थी सन्देश  तिम्सिना र आशिष  आचार्यलाई  छात्रवृत्ति  प्रधान  गरिएको थियो । आइएनजी छात्रवृत्तिका लागि रोदन महर्जन र मोहम्मद तौसिफ रेजा सम्मानित भएका  थिए । आइएनजी कलेजहरूमा उनीहरूको निरन्तर शैक्षिक यात्रालाई समर्थन गर्न पाउँदा हामी हर्षित भएको कलेजले जनाएको छ ।

वार्षिक स्नातक समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी र लण्डन मेट्रोपोलिटन   विश्वविद्यालयका   प्रो–भाइस   चान्सलर, नोना   म्याकडफललगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले प्रत्येक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै उनीहरूको लगनशीलता र  समर्पणको प्रशंसा गरे ।  डा. ब्लोइसी  साथै  प्रोफेसर  म्याकडफलले  उक्त अवसरमा आईएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो साझेदारीलाई प्रकाश पार्दै विद्यार्थी र कलेजको उल्लेखनीय उपलब्धिको प्रशंसा गरे ।


Author

थप समाचार
x