शिक्षा

इस्लिङ्टन कलेजकाे दीक्षान्त समारोह सम्पन्न

इकागज |
मंसिर २६, २०८० मंगलबार २१:३३ बजे

काठमाडौँ- कमलपोखरीस्थित इस्लिङ्टन कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन र बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी का ७१० जना विद्यार्थी सहभागी भएका थिए । भने, स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी र एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दीक्षित भएका थिए ।

समारोहमा बिजनेस विषयमा स्नातक तह गर्ने १४५ र आइटि तह पूरा गर्ने ५६५ विद्यार्थी गरी कुल ७८२ विद्यार्थी दीक्षित भएका थिए ।


वार्षिक दीक्षान्त समारोह स्नातक कक्षाको शैक्षिक उत्कृष्टता मनाउने दुई दिने कार्यक्रम भएकाे कलेजले जनाएकाे छ । यस वर्ष लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट छात्रवृत्तिका लागि दुई उत्कृष्ट  विद्यार्थी सन्देश तिम्सिना र आशिष आचार्यलाई छात्रवृत्ति प्रधान गरिएको थियो । साथै आइएनजी छात्रवृत्तिका लागि  रोदन महर्जन र मोहम्मद तौसिफ रेजा सम्मानित  भएका थिए । यी छात्रवृत्तिहरू कलेजकाे स्नातकहरूको उल्लेखनीय उपलब्धिहरू र भविष्यको सफलताको लागि अपार सम्भावनाको प्रमाण भएकाे बताइएकाे छ ।

आइएनजीका संस्थापक तथा अध्यक्ष बुढाथोकीले प्रत्येक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिँदै उनीहरूको लगनशीलता र समर्पणको प्रशंसा गरे । डा. ब्लोइसी साथै प्रोफेसर म्याकडफलले यस अवसरमा आईएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबीचको दिगो साझेदारीलाई प्रकाश पार्दै विद्यार्थी र कलेजको उल्लेखनीय उपलब्धिको प्रशंसा गरेका थिए ।

वार्षिक स्नातक समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष ‍सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी र लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका प्रो–भाइस चान्सलर, नोना म्याकडफल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेकाे थियाे ।


Author

थप समाचार
x