शिक्षा

हेराल्ड कलेजकाे दीक्षान्त समारोह सम्पन्न

इकागज |
कात्तिक २०, २०८० सोमबार १८:१७ बजे

काठमाडौँ– हेराल्ड कलेज काठमाडौँले आफ्नाे वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेकाे छ । 

होटेल याक एन्ड यतीमा सम्पन्न उक्त समाराेहमा ३३४ भन्दा बढी विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको क्याम्पसले जनाएकाे छ । 


त्यसमध्ये २७२ स्नातकहरू समग्रमा बिएससी (अनर्स) कम्प्युटर साइन्स र ६२ जना विद्यार्थी बिएस्सी (अनर्स)  इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट विषयका रहेकाे  क्याम्पसले जनाएकाे छ । ​

हेराल्ड कलेजको कम्प्युटर साइन्स कार्यक्रमबाट उच्च सम्मानका साथ एक उत्कृष्ट स्नातक अभिनव प्रसाईलाई प्रतिष्ठित स्नातकोत्तर ‘इनोभेट नेपाल ग्रुप छात्रवृत्ति’  प्रदान गरी समारोहलाई प्रकाश पारिएको थियो । यस छात्रवृत्तिले प्रसाईलाई आईएनजी कलेजहरू मध्ये एकमा थप उच्च शिक्षा लिन मिल्ने क्याम्पसले बताएकाे छ ।

आफ्नो मुख्य मन्तव्यमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले यहाँ अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट व्यापारिक प्रतिष्ठानमाहरूमा रोजगार पाइरहेको बताए। ​

अध्यक्ष बुढाथोकीले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट रहेको दाबी  गर्दै यहाँ पढ्ने विद्यार्थीहरू सूचना प्रविधि क्षेत्रमा अग्र स्थानमा रहेको धारणा राखे । उनले नेपालमा बेलायती शिक्षाले गर्दा विद्यार्थीमा स्व अध्ययन बढेको धारणा समेत व्यक्त गरे ।  

समारोहमा हेराल्ड कलेज काठमाडौँको शैक्षिक साझेदारको रूपमा काम गर्ने उल्भरहेम्टन  विश्वविद्यालयका सर्जिन मोंप्लले नेपालमा उत्कृष्ट शिक्षा दिन सफल हेराल्ड कलेजका सम्पूर्ण टिमलाई धन्यवाद दिए  ।

मोंप्लेले भने, ‘म यो गौरव गर्न चाहन्छु कि विश्वविद्यालयको सोच अनुसार कलेजले शिक्षा दिन सकेको छ, दीक्षित  विद्यार्थीलाई प्रमाणपत्र दिन पाएकोमा खुसी लागेको छ ।'

 


Author

थप समाचार
x