शिक्षा

दश नेपाली विद्यार्थीले लिए बेलायती शिक्षाको अनुभव

इकागज |
कात्तिक १९, २०८० आइतबार १७:४८ बजे

काठमाडौँ – सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सले कोभेन्ट्री इमर्सन कार्यक्रममा नेपाली विद्यार्थीहरूलाई भाग लिने अवसर प्रदान गरेकाे छ ।

कोभेन्ट्री युनिभर्सिटीसंगको सहकार्यमा प्रत्येक वर्ष आयाेजना गरिने उक्त कार्यक्रममा यस वर्ष १० जना नेपालीले भाग लिने अवसर पाएकाे आयाेजकले बताए । 


यस वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्व–स्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको समेत आयाेजकले जनाए । 

यसै बीच विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमणका साथै विभिन्न गतिविधिमा भाग लिने मौका समेतपाएकाे आयाेजकले बताए । 

साथै, सफ्टवारिका कलेजको व्यवस्थापन टोलीको पनि  सक्रिय सहभागिता रहेकाे आयाेजकले बताए । 

यस भ्रमणको क्रममा, विद्यार्थीहरूले समृद्ध सांस्कृतिक विविधता हेर्ने र विभिन्न आकर्षक पर्यटकीय ठाँउहरू जस्तैः लन्डनको रोचक शहरहरू र स्कटल्याण्डको प्राकृतिक सौन्दर्यले भरिएको स्थानहरू घुम्ने मौका पाएकाे समेत आयाेजकले जानकारी गराएका छन् ।

सफ्टवारिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलका अनुसार आफ्ना विद्यार्थीहरूलाई यस्तो विश्वव्यापी प्रदर्शन दिने कार्यक्रम उनीहरूको बुद्धि विकासको लागि निकै महत्त्वपूर्ण रहेको र यस कार्यक्रममा सहभागी लिएको विद्यार्थीहरूकाे प्रस्तुतीकरण सीप र पारस्परिक सिकाइ सीप भएको कुरामा जोड दिए ।

कलेजका अनुसार उनीहरूले भ्रमणको समयमा विद्यार्थीहरूलाई हवाई भाडा र आवास खर्च समेत उपलब्ध गराएका थिए।

 


Author

थप समाचार
x