शिक्षा

विद्यार्थीहरु बिदेश पलायनबारे गहिरो अध्ययन गरौँः शिक्षामन्त्री

इकागज |
असोज १६, २०८० मंगलबार १६:१५ बजे

फाइल फोटो

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरु विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् । 

मंगलवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथी भएको छलफलमा शिक्षामन्त्री राईले विद्यार्थीहरु विदेश पलायन भइरहेको भन्दै यसको गहिरो अध्ययन गर्नुपर्ने बताएका हुन् । उनले नेपाल विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तय तर्जुमा गरेको र यसले विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहेको बताए । शिक्षामन्त्री राईले चालु विश्वविद्यालयमा राजनितिक हस्तक्षेप धेरै रहेको बताए । 


उनले भने, ‘विद्यार्थीहरु विदेश पलायन हुनेबारे रिसर्च गरौँ । यसको गहिरो अध्ययन गर्नुप¥यो भन्ने मैले स्मरण गरिराखेको छु । अहिले भएका विश्वविद्यालय बाहेक अरु विश्वविद्यालय थप्दै गएका छौँ । पाईप लाइनमा अरुपनि छन् । यस्तो विश्वविद्यालयले नयाँ ढंगले पाठ्यक्रम तय तर्जुमा गर्दा नयाँ टिमले नयाँ उत्साहका साथ काम गर्दा विदेश जाने विद्यार्थीलाई रोक्ने सम्भावना रहन्छ भन्ने देखिएको छ । प्रतिभा भएका व्यक्ति व्यक्तित्वले मिलेर देशको सेवा गर्छौ र देशमा योगदान मिसाउँछौ भनेर पहलकदम लिइरहेको बेला उनीहरुलाई निरुत्साहीत गर्नु हुँदैन । नेपाल विश्वविद्यालय विधेयकको परिकल्पना गर्ने वौद्धिक व्यक्तित्वको टिम रहेछ । देशले पत्याएका बौद्धिक व्यक्तित्व हुनुहुँदो रहेछ । देशमै केहि गर्छु भनेर विदेशमा राम्रो जागीर हुने सम्भावना छोडेर नेपालमा आएका युवाको जमात यो विश्वविद्यालयको टिममा छ । चालु विश्वविद्यालय भन्दा फरक विशेषताका साथ नेपाल विश्वविद्यालय सञ्चालन गर्ने भनेर अग्रसर हुनुभएको रहेछ । अहिले भएका विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपति रहने व्यवस्था छ । तर, नेपाल विश्वविद्यालय विधेयक अरु भन्दा भिन्न छ । यसको छुट्टै ढाँचा छ । चालु विश्वविद्यालयमा राजनितिक हस्तक्षेप धेरै रह्यो, राजनितिकरण धेरै भयो भन्ने एकातीर गुनासो रहेको देखिन्छ ।’

उनले चालु विश्वविद्यालय भन्दा फरक विशेषताका साथ नेपाल विश्वविद्यालय सञ्चालन हुने बताए । 


Author

थप समाचार
x