शिक्षा

राहत शिक्षकहरूले गरे सडकमै सुतेर विरोध प्रदर्शन

इकागज |
असोज ८, २०८० सोमबार १४:१८ बजे

काठमाडौँ- सरकारले आफूहरूको माग पूरा नगरेको भन्दै राहत शिक्षकहरूले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न शिक्षक संगठनहरूसँग सरकारले ६ बुँदे सहमति गरे पनि आफ्ना मागहरूका विषयमा भने कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले सोमबार काठमाडौँको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।


२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाइ नरहेको उनीहरूको भनाइ छ ।

सरकारसँगको वार्ताका क्रममा आफ्ना माग र मुद्दाहरूमा अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरूलाई स्वीकार्य नभएको उनीहरूको आरोप छ । नेपाल राहत शिक्षक केन्द्रीय समिति, नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति लगायतले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । 


Author

थप समाचार
x