शिक्षा

शिक्षक आन्दोलनको असर :

आज पनि देशभरका सामुदायिक विद्यालयको पढाई अवरूद्ध

इकागज |
असोज ५, २०८० शुक्रबार ८:८ बजे

काठमाडौँ- आन्दोलनरत शिक्षक संगठनले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन ।

गत असोज ३ गतेदेखि देशैभरीका सरकारी शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरे पछि राजधानीको दैनिकी अस्तब्यस्त बन्न पुगेको छ ।


सरकारले हालै ल्याएको विधेयकले सरकारी शिक्षक, राहत शिक्षकलगायतलाई अन्याय गरेको भन्दै अबिलम्ब सो विधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आफ्नो माग पुरा नभएसम्म काठमाडौँ नछाडने अडान लिएपछि सरकार अप्ठयारोमा परेको छ । 

यता शिक्षक संगठनको आन्दोलनले काठमाडौँ उपत्यकाको ट्राफिक अवस्था अस्तब्यस्त हुन पुगेको छ । जसका कारण हिजो दिनभर काठमाडौं उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएको थियो भने माइतीघर बानेश्वर सडक खण्डमा सबारी आबातजावत रोकिएको थियो । आन्दोलन जारी रहने भएपछि काठमाडौं उपत्यकाको सवारी आवाताजावत पुरै प्रभावित हुने भएका छन् ।

सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पढाई आज पनि अवरूद्ध भएको छ । गत वर्षको तथ्याङ्कअनुसार हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् । जसमा ५३ लाख ८२ हजार ६ जना विद्यार्थी अध्ययन गर्छन् । त्यस्तै स्थायी, अस्थायी र राहत गरेर एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् ।

गत असोज ३ गतेदेखि देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई वार्तामा बोलाएर समाधान खोज्न लागेको हो ।


Author

थप समाचार
x