शिक्षा

शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन

इकागज |
असोज ४, २०८० बिहीबार २१:४३ बजे

काठमाडौँ - आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको हो । बैठक भोलि बिहान ८ बजे बस्ने तय भएको नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले जानकारी दिए ।

गिरीले आन्दोलन र वार्ता सँगसँगै लाने बताए । उनले भने, 'बिहान ८ बजे सरकारले वार्ताकालागि पुनः बोलाएको छ, भने शिक्षकहरूको प्रदर्शन पनि जारी रहनेछ । वार्ता सहमतिनजिक पुगेको पनि उनले बताए । भोलि त्यसलाई मूर्त रुप दिनेबारे छलफल हुने उनले जानकारी दिए । 


आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरुङसहितको सरकारी टोलीसँग छलफल भएको थियो ।

 


Author

थप समाचार
x