शिक्षा

निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित

इकागज |
साउन २६, २०८० शुक्रबार १५:१३ बजे

फाइल तस्बिर

काठमाडौँ- निजी विद्यालय सञ्चालकहरूले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

संसदमा पेस गर्न लागिएको शिक्षा विधेयकको विषयलाई लिएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका विद्यालय सञ्चालकहरूले सरकारसँग वार्ता भइरहेकाले तत्कालका लागि आन्दोलन स्थगित गरेका हुन् । 


विद्यालय अनिश्चितकालीन बन्द गर्नेसम्मकाे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका निजी विद्यालयका छाता संगठन प्याब्सन, हिसान र नेसनल प्याब्सनले आन्दोलन स्थगित गरेका हुन् । 
 


Author

थप समाचार
x