शिक्षा

कक्षा ११ मा भर्नाको योग्यताबारे विद्यालयलाई स्मरण

इकागज |
असार २४, २०८० आइतबार २१:३१ बजे

काठमाडौँ- कक्षा ११ मा भर्नाका लागि माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को अध्ययन पूरा गरी एसईईको परीक्षाफलमा न्यूनतम् औसत ग्रेड प्वाइन्ट (जिपिए) का १ दशमलव ६ प्राप्त गरेका विद्यार्थी योग्य हुने सूचित गरिएको छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको २०७९ भदौ १९ को बैठकको निर्णय अनुसार पाठ्यक्रम विकास केन्द्र, सानोठिमीले गरेको पत्राचारका आधारमा राष्ट्रिय परीक्षा बोर्डले सोबारे सूचित गरेको हो । बोर्डको बागमती प्रदेश कार्यालयले आज कक्षा ११ सञ्चालन गरिरहेका शिक्षालयका प्रधानाध्यापकलाई पत्र पठाई सोही अनुसार भर्ना गर्न र गराउन भनेको छ ।



Author

थप समाचार
x