शिक्षा

धनगढी उपमहानगरका सबै विद्यालय आइतबारदेखि बन्द हुने

इकागज |
जेठ २७, २०८० शनिबार १५:३९ बजे

कैलाली- अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या हुने र साना-साना विद्यार्थीहरू बिरामी पर्न थालेपछि धनगढीमा आइतबारदेखि गर्मी बिदा हुने भएको छ । 

अत्यधिक गर्मी हुन थालेपछि धनगढी उपमहानगरपालिकाले शुक्रबारको मिति राखेर एक सूचना जारी गर्दै चार दिन बिदा दिएको हो ।


वर्षे वा हिउँदे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको सूचनामा उल्लेख गरिएको छ । 

उक्त समयमा दादुरा र रुबेला खोप लगाउन तोकिएको विद्यालयमा प्रभाव नपर्ने गरी बन्द गर्न समेत उपमहानगरपालिकाले सूचनामार्फत विद्यालयलाई अनुरोध गरेको छ ।


Author

थप समाचार
x