शिक्षा

वीरेन्द्रनगरका सबै विद्यालय असार १ सम्म बन्द

इकागज |
जेठ २७, २०८० शनिबार १४:१७ बजे

सुर्खेत- आगामी असार १ गतेसम्मका लागि सुर्खेतको वीरेन्द्रनगरका सबै विद्यालयमा पठनपाठन बन्द हुने भएको छ । हिजो (शुक्रबार) विद्यालयहरूलाई पत्राचार गर्दै वीरेन्द्रनगर नगरपालिकाले असार १ गतेसम्मलाई सबै सरकारी तथा निजी विद्यालयलहरूबन्द गर्न निर्देशन दिएको हाे ।

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्य अवस्थामा समस्या सिर्जना हुन सक्ने जोखिम बढेको र शिक्षण सिकाइ वातावरण अनुकूल नभएको भन्दै वर्षे बिदाबाट कट्टी हुने गरी आवश्यकताका आधारमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । वीरेन्द्रनगरका निजी विद्यालयहरूले यसअघि नै विद्यालय बन्द गरिसकेका छन् ।


निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’ ले २४ जेठदेखि ३१ जेठसम्मका लागि विद्यालय बन्द गरेका छन् ।


Author

थप समाचार
x