शिक्षा

'बन्देजको नीतिबाट शैक्षिक समस्या समाधान हुन सक्दैन'

इकागज |
बैशाख १७, २०८० आइतबार १७:१६ बजे

काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले राज्यले अन्तर्राष्ट्रिय स्तरको शिक्षा नेपालमै प्राप्त गर्नसक्ने वातावरण सर्जना गर्न सक्नुपर्ने बताएका छन् ।

आइतबार उच्च शिक्षा र वैदेशिक शिक्षाको अवस्थाबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको राज्यको नेतृत्व समयानुकूल परिवर्तन नहुँदा पुरानै मानसिकतामा शिक्षा ऐनहरू बन्ने गरेको जिकिर गरे ।


उनका अनुसा नेपाली विद्यार्थीको आवश्यकता अनुसारको शिक्षा नीति बनाउन नसक्दा विद्यार्थीहरू विदेश जाने क्रम बढेको हाे । एनओसी बन्द गरेर मात्रै समस्या समाधान हुन नसक्ने उनकाे भनाइ छ । उनले बन्देजको नीतिबाट मात्रै देशको सम्पूर्ण समस्या समाधान हुने हो भने राहदानी दिन बन्द गर्नुपर्ने बताए ।


Author

थप समाचार
x