शिक्षा

संस्थागत विद्यालयमा विदेशी विद्यार्थी अध्ययनरत भएमात्रै इन्टरनेशनल शब्द जोड्न पाइने

इकागज |
बैशाख १७, २०८० आइतबार ९:२९ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरभित्र रहेका विद्यालयले नेपाली नाम झल्कने नाम राख्नुपर्ने बताएका छन् ।  महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरभित्र रहेका विद्यालयको नाम र चिन्हमा समेत एकरुपता ल्याउनुपर्ने उनले बताएका हुन् । शाहले फेसबुकमार्फत प्रष्ट पार्दै विद्यालयको नाम षट्कोणमा राख्नुपर्ने बताए । 

विद्यालयको नाम राख्दा पनि समाज, राष्ट्रमा उल्लेख्य योगदान गरेका व्यक्ति, देशको संस्कृति झल्कने नाम राख्नुपर्ने नियमावलीमा उल्लेख छ । त्यस्तै कुनै विद्यालयले पब्लिक शब्द राख्न चाहेमा कम्तीमा एकतिहाइ विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, यस्तै नेशनल शब्द राख्न चाहेमा देशका २५ वटा जिल्लाका विद्यार्थी अधययनरत हुनुपर्ने  र इन्टरनेशनल शब्द राख्न चाहेमा विदेशी विद्यार्थी अधययनरत हुनुपर्ने उल्लेख छ । 



Author

थप समाचार
x