शिक्षा

त्रिविले सार्‍यो १० गतेको परीक्षा, अब वैशाख १६ मा हुने

इकागज |
बैशाख ८, २०८० शुक्रबार १५:६ बजे

काठमाडौँ- आगामी वैशाख १० गते हुने भनिएको परीक्षा वैशाख १६ गतेका लागि सारिएको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उपनिर्वाचनको दिन हुन गइरहेको परीक्षा एक सातापछि सारेको हो ।

गत वैशाख ४ गतेदेखि सुरु भएको स्नातक तह पहिलो वर्षको परीक्षा अन्तर्गत वैशाख १० गते मानविकी र व्यवस्थापन संकायका परीक्षा सञ्चालन हुनेमा सो दिनको परीक्षा नहुने भएकाे हाे ।


निर्वाचन आयोग, गृह र शिक्षा मन्त्रालयको आग्रहमा उक्त दिनको परीक्षा वैशाख १६ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन हुने कार्यालयले जनाएकाे छ ।


Author

थप समाचार
x