रोग र उपचार

जनकपुरधाममा २०० श्ययाको अत्याधुनिक क्यान्सर अस्पताल बन्ने

इकागज |
चैत २८, २०७८ सोमबार १७:१४ बजे

फाइल फोटो

धनुषा - जनकपुरधाममा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० श्ययाको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेशन (अमेरिका) सँगको सहकार्यमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको फाउन्डेशनका अध्यक्ष डा विनय शाहले जानकारी दिए । 


डा शाहले नयाँ आगामी वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा सो क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए । 

उनले नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सो अस्पतालको शिलान्यास गर्नुहुने जानकारी पनि दिए । 

फाउन्डेशनका अध्यक्ष डा शाहले भने, `यस अस्पतालको निर्माण गरिने भवन अमेरिकाको सान फ्रान्सिस्कोस्थित फोंग एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको छ ।`

`उनीहरूको नवीनतम् डिजाइन अस्पतालको कार्यक्षमतालाई प्रभावकारी बनाउने खालको छ`, डा शाह भन्छन्, `पहिलो चरणमा यो अस्पताल एक लाख वर्ग फिटमा सञ्चालन हुनेछ । हामी सन् २०२५ सम्ममा १०० श्ययाको भवन निर्माण गरिसक्ने छौँ ।` 

अस्पताल भवन निर्माणका लागि स्थानीय समर्थक तथा समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गरेको जानकारी डा शाहले गरे । 

बिटिएफसिसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । विगतमा, यीमध्ये धेरै बिरामीले क्यान्सरको उपचारका लागि आठ घण्टा वा बढी यात्रा गर्नुपथ्र्यो । यस्तो यात्राका लागि स्रोतसाधन नभएकाले उपचार नै पाउँदैनथे ।

हाल जनकपुरधाम मा बिटिएफसिसी को २५ श्ययाको अस्पताल सञ्चालनमा रहेको छ । जनकपुरधामको कपिलेश्वर सडकमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवामा मेडिकल ओन्कोलोजी, सर्जिकल ओन्कोलोजी, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपत्कालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आइसियु र एनेस्थेसियोलोजी समावेश छन् । 
रासस


Author

थप समाचार
x