रोग र उपचार

वर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

इकागज |
चैत २४, २०७८ बिहीबार १६:५५ बजे

फाइल फोटो

मकवानपुर - हेटौँडा  उपमहानगरपालिका–१५ रातोमाटेमा वर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ । उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा  हुँमागाईंले उद्घाटन गरिन् ।  
  
कुुखुरामा  वर्डफ्लु रोग देखिएपछि त्यसको रोकथामका लागि  चेकपोष्ट स्थापना गरिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । 

सो अवसरमा मन्त्री हुमागाईंले वर्डफ्लु रोगका कारण कुखुरा व्यवसायी समस्यामा परेको उल्लेख गर्दै उक्त रोग नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको छ भने ।
 
कार्यक्रममा  निर्देशनालयका निर्देशक मुगलप्रसाद शाह, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेलगायतको उपस्थिति रहेको थियो ।



Author

थप समाचार
x