रोग र उपचार

‘नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ’

इकागज |
चैत ४, २०७८ शुक्रबार २१:३७ बजे

फाइल फोटो

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताएका छन् । 

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ स्थित मण्डनदेउपुर आधारभूत अस्पताल भवनको उद्घाटन गर्दै उनले जनताको स्वास्थ्योपचारका लागि सरकार निरन्तर लागिपर्ने विश्वास दिलाए । 


कोभिड सङ्क्रमणबाट बच्नका लागि नागरिकलाई खोप लगाउने अभियान सञ्चालन गरिरहेको बताउँदै उनले खोप लगाउन बाँकी नागरिकलाई पनि समयमा नै खोप लगाउन आग्रह गरे । 

अहिलेसम्ममा बालबालिका, सैनिक, प्रहरी र कर्मचारीको लागि अस्पताल निर्माण गरिसकेको उल्लेख गर्दै मन्त्री खतिवडाले अब सरकारले ५० वर्ष भन्दा माथिका नागरिकका लागि पनि अस्पताल खोल्ने स्वास्थ्य मन्त्रालयले निर्णय गरिसकेको जानकारी दिए । 

यसअघि शिक्षकको लागि अस्पताल निर्माण गर्ने निर्णय भइसकेको उनले बताए । 

मन्त्री खतिवडाले पछिल्लो समयमा सरकारले १२ वर्षदेखि माथिका नागरिकलाई खोप लगाउने व्यवस्था गरेर खोप अभियान सञ्चालन गर्दै अधिकांश नागरिकलाई खोप लगाइ सकेको बताए । 

त्यस्तै पाँच वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन खरिद प्रक्रिया अगाडि बढिसकेको बताउँदै उनले विश्व स्वास्थ्य सङ्गठनले अनुमति दिने वित्तिकै लगाउने गरी तयारी अवस्थामा सरकार रहेको बताए । 


Author

थप समाचार
x