रोग र उपचार

स्वास्थ्य शिविरमा १७६ को स्वास्थ्य परीक्षण

इकागज |
मंसिर ८, २०७८ बुधबार १९:२ बजे

फाइल फोटो

गण्डकी - जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना एवम् पोखरा नर्सिङ क्याम्पस र मेडिप्लस हस्पिटल एण्ड रिसर्च सेन्टरको सहयोगमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १७६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
    
जिल्ला प्रशासन कार्यालय कास्कीको प्रङ्गणमा आयोजित शिविरमा सेवाग्राही, सरकारी कर्मचारीलगायतले स्वास्थ्य परीक्षण गराएका थिए । सेवाग्राहीको चाप भइरहने कार्यालयमा सामाजिक उत्तरदायित्वसमेत बोध गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

शिविरमा सेवाग्राहीले आफ्ना विभिन्न स्वास्थ्य समस्याको परीक्षण गराउनुभएको नर्सिङ क्याम्पस पोखराका बन्डी गुरुङले जानकारी दिए । 



Author

थप समाचार
x