रोग र उपचार

हेटौँडा अस्पताललाई आइसियु एम्बुलेन्स हस्तान्तरण

इकागज |
मंसिर ५, २०७८ आइतबार १९:४१ बजे

फाइल फोटो

हेटौंडा - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा अस्पताललाई सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेका छन् । नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको एम्बुलेन्स मन्त्री खतिवडाले हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटालाई आज हस्तान्तरण गरेका हुन् ।
    
सो अवसरमा उनले सबै नेपालीलाई खोपको सहज पहुँचका लागि अब चौबिसै घण्टा खोप लगाउने व्यवस्था गर्न लागेको जानकारी दिए । अस्पतालका प्रमुख डा सापकोटाले हस्तान्तरण गरिएको यो एम्बुलेन्समा आइसियु र भेन्टिलेटरसहितको सुविधा रहेकाले जटिल प्रकृतिका बिरामीलाई अन्यत्र पठाउनुपर्दा सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्यद्वय मुनु सिग्देल र प्रेमबहादुर पुलामी, वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख महेश्वर श्रेष्ठ, अस्पतालका पूर्वअध्यक्ष प्रकाश पौडेल, अस्पतालका डा हरि खड्का लगायतको सहभागिता थियो । रासस 



Author

थप समाचार
x