रोग र उपचार

मकवानपुरमा एचआईभी संक्रमित बढे

इकागज |
मंसिर ४, २०७८ शनिबार १४:२९ बजे

मकवानपुर- मकवानपुरमा हाल एचआईभी संक्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्याकङ्ले देखाएको छ । यसको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको हेटौंडा अस्पतालले जनाएको छ । प्रत्येक महिना ४– ५ एचआईभीका नयाँ संक्रमित देखिने गरेको छ । उक्त अस्पतालका अनुसार जिल्लामा ती संक्रमितमध्ये १४७ महिला, १४४ पुरुष र १८ तेश्रो लिङ्गी रहेको बताइएको छ । उनीहरुले उक्त अस्पतालबाट संक्रमण विरुद्धको एआरटी औषधि नियमितरुपमा सेवन गरिरहेको जनाइएको छ ।

अस्पतालका एआरटी काउन्सुलर सुजल श्रेष्ठले जिल्लामा एचआईभी संक्रमितको सङ्ख्या बढ्दै गरेको जानकरी दिँदै मकवानपुरका केही संक्रमितका साथै  अन्य जिल्लाका सङ्क्रममितले समेत एआरटी खाइरहेका बताए । 


सन् २०१२ देखि हालसम्म जिल्लामा ३२ जनाको एचआईभी संक्रमणबाट मृत्यु भइसकेको छ । एचआईभी हुँदैमा एड्स नहुने र एचआईभी संक्रमित धेरै वर्षसम्म स्वस्थ्य रहने भएकाले रोगलाई लुकाउन नहुने र समय समयमा उपचार गराउनु पर्ने उनको भनाइ थियो ।

संक्रमित भएको लामो समयसम्म उपचार नगराएमा पछि उपचार गर्न समस्या हुने र किटाणुु वृद्धि भएर संक्रमितको रोगसँग लड्ने क्षमता पनि कम हुने  काउन्सुलर श्रेष्ठले बताए । एचआईभी संक्रमितमा लामो समयसम्म ज्वरो आउने, पसिना आउने,  पखाला लाग्ने र अन्य कारणबाट समेत लामो समयसम्म सञ्चो नभए चिकित्सकसँग परामर्श गरी उपचार गराउनुपर्ने चिकित्सकको भनाइ थियो ।

असुरक्षित यौन सम्पर्क, संक्रमितको रगत तथा सिरिन्जको प्रयोगले यो रोग सर्ने भएकाले त्यसबाट जोगिनुपर्ने बताइएको छ । सरकाले यस रोगका सम्बन्धमा समय समयमा चेतनामूलक कार्यक्रम गरिरहेकोले रोग लुकाउन नहुँनेमा काउन्सुलर श्रेष्ठले जोड दिए । 


Author

थप समाचार
x