रोग र उपचार

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

इकागज |
जेठ ३०, २०८० मंगलबार १५:११ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेललाई मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई बिहान ७  बजे गंगालाल अस्पतालमा भर्ना गरिएको हो । दम र ग्याष्ट्रीकबाट पीडित पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका लागि अस्पताल लगिएको स्रोतले बतायो । 

'एनजिओग्रामको सुरुवाती रिपोर्ट राम्रो छ ।  भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ', स्रोतले भन्यो । गंगालालका निर्देशक डा चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरेको छ । पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ ।


एनजिओग्राम गरेपछि २४ घण्टा अब्जरभेशनमा राख्नुपर्ने भएकाले पौडेललाई भोलि मात्रै डिस्चार्ज गरिने बताइएको छ । 


Author

थप समाचार
x