कूटनीति

जापानले बनाइदियो विपद् रोकथामका लागि सामुदायिक केन्द्र

इकागज |
बैशाख ११, २०८१ मंगलबार १८:५ बजे

काठमाडौँ - जापान सरकारले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकालाई ​विपद् रोकथाम सामुदायिक केन्द्र हस्तान्तरण गरेको छ । मंगलबार नेपालका लागि जापानी राजदूत किकुताले सो केन्द्र हस्तान्तरण गरेका हुन् । 

सामुदायिक केन्द्र जापान सरकारले जापानी गैरसरकारी संस्था परियोजना योजनाका लागि अनुदान सहायता अन्तर्गत निर्माण गरेको हो ।
 
जापानी गैरसरकारी संस्था जापान एसियन एसोसिएसन एण्ड एशियन फ्रेन्डसिप सोसाइटी (जेएएफएस) ले आयोजना गरेको यो परियोजनाले विपद् रोकथाम क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।


यस परियोजनाले सामुदायिक केन्द्र निर्माण मात्रै होइन, विपद् रोकथाम समितिहरू, गतिविधिहरू, सार्वजनिक प्रसारण, गोदामहरू र पहिरो रोकथाम उपायहरू पनि सञ्चालन गर्दछ।

सो अवसरमा राजदूत किकुताले नयाँ सामुदायिक केन्द्र विपद् रोकथामको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।


Author

थप समाचार
x