कूटनीति

प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ उपमन्त्रीको शिष्टाचार भेट

इकागज |
माघ १३, २०८० शनिबार १०:४७ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए ।


उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।


Author

थप समाचार
x