कूटनीति

भारतीय विदेश मन्त्री जनवरी ४ मा नेपाल आउने

इकागज |
पुस १३, २०८० शुक्रबार १४:५० बजे

काठमाडौँ- भारतीय विदेश मन्त्री एस जयशंकर जनवरी ४ र ५ मा नेपाल भ्रमणमा आउँदै छन् ।

उनी संगै विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने छन् ।


भारतीय वायुसेनाको विशेष विमानले उनी बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।

विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाटसँगै नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुने छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ ।

परराष्ट्र मन्त्रालयले आयोजना गरेको रात्रिभोजमा संसदमा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू, प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग सामूहिक भेटघाट हुनेछ ।


Author

थप समाचार
x