अपराध

२ सय ७२ किलो गाँजासहित भारतीय कन्टेनर र चालक नियन्त्रणमा

इकागज |
बैशाख ४, २०८१ मंगलबार १७:२० बजे

बुटवल - सशस्त्र प्रहरीले २७२ किलो गाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई विशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै गरेको गाँजा फेला परेको  हो ।


नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र चालक भारत घर भएका ३६ वर्षीय सतनम सिंहलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ ।


Author

थप समाचार
x