अपराध

लुकाइछिपाइ ल्याएको ११ लाखसहित चार जना प्रक्राउ

इकागज |
फागुन २७, २०८० आइतबार १३:२२ बजे

फाइल फोटो

मकवानपुर - प्रहरीले लुकाइछिपाइ ल्याएको ११ लाख ५० हजारसहित चार जनालाई नियन्त्रणमा लिइएको छ । ​

हेटौँडा-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बि आर ०१ एआर २९९१ नम्बरको भारतीय कारको सिटमुनी अवैध रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए । 


रकमसँगै कार चालक भारत विहार सीतामणि थाना ९९ भूभैरवो बस्ने वर्ष ३० को राकेशकुमार र सोही कारमा सवार वर्ष ३० को चन्द्रबाबु, वर्ष ३७ को अशोक राय, सुनसरी कोशी गाउँपालिका– ४ बस्ने वर्ष ३२ को निजाम मियाँसमेत चार जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भण्डारीले बताए । 


Author

थप समाचार
x