अपराध

नक्कली नोटसहित दुई जना पक्राउ

इकागज |
फागुन १३, २०८० आइतवार १७:५२ बजे

फाइल फोटो

 काठमाडौं - नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाईबा रहेका छन् । 

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कमललाई १ हजार दरको ३ थान उक्त नोटसहित पक्राउ गरेको र थप अनुसन्धान गर्ने क्रममा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ निलो माईक्रो पार्कबाट साजनलाई समेत १ हजार दरको ३ थान उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो । 


 


Author

थप समाचार
x