अपराध

चितवनमा ५४२ किलो गाँजासहित २ वटा ट्रक नियन्त्रणमा

इकागज |
फागुन ७, २०८० सोमबार १३:३६ बजे

फाइल तस्बिर

चितवन -  चितवनमा ५४२ किलो गाँजासहित दुई वटा ट्रक नियन्त्रणमा लिँदै दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।  

पक्राउ पर्नेहरूमा ना ३ ख ७२४० नं. डिब्बा ट्रक चालक धनकुटा छथर जोरपाटे गाउँपालिका वडा नं. ३ बस्ने ३२ वर्षीय रमेशनाथ दाहाल र ना ३ ख ६१२२ नं. को ट्रकमा सवार कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं. ४ बस्ने २५ वर्षिय खुशिराम थारु रहेका छन् । 


 ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणी पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाँदा सोमबार बिहान ८ बजे राप्ती नगरपालिका वडा नं. ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डको छेउमा ना ३ ख ६१२२ नं. को ट्रक र ना ३ ख ७२४० नं. डिब्बा ट्रक सामान पल्टी गरी शंकास्पद अवस्थामा रोकी राखेकोले उक्त दुई वटा ट्रकलाई चेकजाँच गर्ने क्रममा ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा लुकाई छिपाई राखेको अवस्थामा ३९ वटा पोकामा ५४२ किलो लागुऔषध गाँजा फेला परेको र प्रारम्भिक अनुसन्धान गर्दा सो गाँजा धादिङको मलेखुबाट ना ३ ख ६१२२ नं. को ट्रकमा लोड गरी उक्त स्थानमा ल्याई ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा पल्टी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

 

 

  

 


Author

थप समाचार
x