अपराध

सशस्त्रका डिएसपीले ट्वाइलेटमा महिलाको अश्लील भिडियाे खिचेपछि …

इकागज |
फागुन ७, २०८० सोमबार ११:४२ बजे

फाइल तस्बिर

काठमाडौं - सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन्। स्वयम्भू वृत्तले सशस्त्र प्रहरीका डिएसपी तुलसिंह केसीलाई शनिबार बेलुका पक्राउ गरेको हो। स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील  भिडियाे खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ।

केसीलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐनअनुसार आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको एक अधिकृतले बताए। केसी पोखरास्थित ४ नम्बर बाहिनीमा कार्यरत रहेको बुझिएको छ।


‘महिलाले जाहेरी दिएपछि केसीलाई अनुसन्धानकाे सिलसिलामा पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने।

 


Author

थप समाचार
x