अपराध

बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाएको आरोपमा एक जना पक्राउ

इकागज |
फागुन ४, २०८० शुक्रबार १३:५३ बजे

मोरङ - मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यवहार गरिएको छ । 

बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन् ।


बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन् ।

उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएपछि चोरको आरोप लगाउँदै पीडितमाथि दुर्व्यवहार भएको थियो । 


Author

थप समाचार
x