अपराध

काठमाडौँमा फोहोर उठाउने भन्दै घरमा कोही नभएको मौका छोपी चोरी गर्ने भारतीय नागरिकहरू पक्राउ

इकागज |
फागुन ३, २०८० बिहीबार १७:२ बजे

काठमाडौँ- घरमा कोही नभएको मौका छोपी फोहोर संकलन गर्न भनेर पुगी चोरी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतका लक्का विकास पोदार, जितेन्द्र पोदार, भाईलाल पोदार, संजय पोदार र मञ्जुदेवी पोदारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


काठमाडौँ गोकर्णेश्वर नगरपालिका-४ का माकलवारीस्थित दिलकुमारी आले मगरको घरबाट दिउँसो कोही नभएको अवस्थामा नगद ६५ लाख रुपैयाँ र सुनका विभिन्न गहँना चोरी गरेका थिए ।

विकास पोदारलाई काठमाडौँ महानगरपालिका-३२ को जडीबुटीबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौँ महानगरपालिका-१० को दिनेश घिमिरेको सुनसहित २५ लाख नगदसमेत चोरी गरेका थिए । त्यसैगरी गोकर्णेश्वर नगरपालिका-३ बाट सुनचाँदीका गहनासहित ४ लाख १० हजार रुपैयाँ चोरी गरेका थिए ।


Author

थप समाचार
x