अपराध

आपसी झगडा हुँदा सल्यानमा श्रीमतीको हत्या

इकागज |
माघ १०, २०८० बुधबार १७:० बजे

सांकेतिक तस्विर

सल्यान - आफ्नै श्रीमती २८ वर्षीया सिमा कँवर भन्ने पार्वती कँवरको हत्या गरेको अभियोगमा छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा मोहनले आपसी झै-झगाडामा सिमाको हत्या गरेको खुल्न आएपछि उनलाई छत्रेश्वरी गाउँपालिका-५ ढाकुडाँडास्थित जंगलमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।


उनी उपर ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत सल्यानबाट ८ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Author

थप समाचार
x