अपराध

सात वर्षीया बालिकालाई बलात्कार गराउने मतियारसहित तीन जना दाङबाट पक्राउ

इकागज |
माघ ४, २०८० बिहीबार १३:१७ बजे

प्रतिकात्मक तस्बिर

दाङ - ७ वर्षीया बालिकालाई बलात्कार गराउन लगाएको मतियारसहित तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका-६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् । 

सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती बलात्कार गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको थियो । 


उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाई पठाइएको छ भने सुकबिर कुमाल र अन्य २ जना बालकउपर जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।  


Author

थप समाचार
x