अपराध

१३ किलो गाँजासहित महिला पक्राउ

इकागज |
पुस २३, २०८० सोमबार १७:२२ बजे

काठमाडौँ - चितवनबाट गाँजासहित एक महिला पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय नारायणगढ चितवनले आइतबार भरतपुर महानगरपालिका ३ बाट चितवन माडी २ स्थायी घर भएकी दुर्गा अधिकारीलाई १३ किलो गाँजासहित पक्राउ गरेको हो । 

अधिकारीले आफू बस्ने कोठामा गाजा लुकाई छिपाई राखेकी थिइन् । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x