अपराध

१० वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ

इकागज |
पुस १६, २०८० सोमबार १४:१० बजे

प्रतिकात्मक तस्बिर

सिन्धुपाल्चोक - १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका-६ कोइले बस्ने २७ वर्षीय कृष्ण भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीले ती बालिकालाई सोही ठाउँस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ठुलोपाखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  



Author

थप समाचार
x