अपराध

आफ्नै श्रीमतीको हत्या गरेको आराेपमा रत्न बहादुर पक्राउ

इकागज |
पुस १४, २०८० शनिबार ९:३२ बजे

प्रतिकात्मक तस्बिर

कास्की - आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीको हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ । 

रत्नले पोखरा महानगरपालिका-२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x