अपराध

जुवातास खेलिरहेका १५ जना पक्राउ, तीन लाख बढी नगद बरामद

इकागज |
पुस १२, २०८० बिहीबार १२:५१ बजे

फाइल तस्बिर

काठमाडौँ - देशका विभिन्न स्थानमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१५ डल्लुस्थित श्री रिच इन्भेष्टमेन्ट कम्पनी प्रालिको कार्यालय कोठामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-२ ठूलो भर्‍याङ बस्ने ४५ वर्षीय सुरेन्द्र महर्जनसहित ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 


यस्तै, काभ्रेको पनौती नगरपालिका-४ ठाडोबाटोस्थित श्री लक्ष्मी काठ फर्निचरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने २४ वर्षीय शान्त प्रसाद तिमिल्सिनासहित ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १६ हजार ७ सय ५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x