अपराध

स्रोत नखुलेको १९ लाखसहित विराटनगरबाट एक जना पक्राउ

इकागज |
पुस १२, २०८० बिहीबार १२:२८ बजे

सांकेतिक तस्बिर

मोरङ - विराटनगर महानगरपालिका-६ केशलिया मार्गबाट स्रोत नखुलेको नगद १९ लाख ९० हजार रूपैयाँसहित सुनसरी देवानगंज गाउँपालिका-५ बस्ने ४९ वर्षीय सुरेन्द्र प्रसाद साहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले को ७ प ५२२१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक साहलाई उक्त नगदसहित पक्राउ गरेको हो । 


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x