अपराध

१५ लाख बाराबरका मोबाइलसहित बाराबाट एक जना पक्राउ

इकागज |
पुस १२, २०८० बिहीबार १०:८ बजे

काठमाडौँ  - प्रहरीले १५ लाख बाराबरका मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ । 

बिहीबार अवैध रुपमा भन्सार छली ल्याएका मोबाइलहरू लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरीले बारागढी गाउँपालिका-३ का रुपनारायण चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 


चौधरीको साथबाट प्रहरीले विभिन्न कम्पनीका ५१ थान मोबाइल सेटहरू, ४८ थान चार्जर, ब्याट्री ९ थान र मोबाइल कभर १४ थान गरी जम्मा १५ लाख बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x