अपराध

८८ केजी गाँजा सहित एक जना पक्राउ

इकागज |
पुस १२, २०८० बिहीबार ८:४५ बजे

काठमाडौँ - मकवानपुरबाट ८८ केजी गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार राति  मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थित चेकपोष्टबाट प्रहरीले ८८ केजी गाजासहित थाहा नगरपालिका ५ का सबिन कुमार गुरुङलाई पक्राउ गरेको हो । 

ना ८ ख ७५०४ नं को ट्रक कन्टेनरलाई रोकी चेकजांच गर्ने क्रममा ट्रक चालक  गुरुङलाई खानतलास गर्दा ट्रकको डब्बामा लुकाई छिपाई गरी राखेको अवस्थामा  ८८ केजी गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 



Author

थप समाचार
x