अपराध

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा डोटीमा तीन जना पक्राउ

इकागज |
मंसिर ६, २०८० बुधबार १९:३४ बजे

सांकेतिक तस्विर

डोटी - डोटीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। 

बडिकेदार गाउँपालिका वडा नम्बर २ का तीन युवक सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका वडा नम्बर २ का १८ वर्षीय गोपाल साउँद, १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामी रहेको डोटी प्रहरीले बताएको छ।


उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप छ। घटना १ गतेको भएपनि प्रहरीलाई २ गते सूचना प्राप्त भएपछि आरोपित तीनै जनालाई सोही दिन प्रहरीले नियन्त्रणमा लिएको हो।


Author

थप समाचार
x