अपराध

नाबालिकाको फेक आइडी बनाएर चरित्रहत्या गरेको आरोपमा संखुवासभाका अनिष पक्राउ

इकागज |
मंसिर ६, २०८० बुधबार १९:६ बजे

सांकेतिक तस्विर

काठमाडौं - सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

संखुवासभा चैनपुर नगरपालिका-१० घर भई ललितपुर महालक्ष्मी नगरपालिका-३ इमाडोल बस्ने १८ वर्षीय अनिष भट्टराईलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। 


उनलाई मंगलबार इमाडोलबाट पक्राउ गरिएको ब्युरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले बताए। उनले सामाजिक सञ्जालमा नाबालिकाको फेक आइडी बनाएका थिए।

फेक आइडी बनाएर ती नाबालिकाको तस्बिर दुरूपयोग गरी अश्लिल कमेन्टसहित आफन्त तथा साथीहरूलाई पठाएको ब्युरोले जनाएको छ। 

यसरी चरित्रहत्या गरेको भन्दै ब्युरोमा उजुरी परेको थियो।


Author

थप समाचार
x