अपराध

कैलालीबाट खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

इकागज |
असोज १७, २०८० बुधबार १९:३ बजे

कैलाली - प्रहरीले ठूलो परिणाममा खैरो हेरोइनसहित दुई भारतीयलाई नियन्त्रणमा लिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका- ९ सोहनपुर  भन्ने स्थानमा लागूऔषध (खैरो हेरोइन) कारोबार तथा सेवन भई रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले टोलीले लखिनपुर खिरी निघासन तिकुनिया भारत बस्ने वर्ष २४को गुर्वेन्द्र सिंह  र वर्ष २१ को  कुलदिप सिंहलाई कालो रङको युपि ३१ बिवाइ ४९२४  नंम्बरको मोटरसाइकल र  १० ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले बताए । 


शंकास्पद रुपमा  बसिरहेका अवस्थामा दुवै जनाको खानतलासी गर्दा निज कुलदिप सिंहले तल्लो शरीरमा लगाएको नीलो रङको ट्राउजरको बाँया खल्तीमा लुकाई छिपाई कालो रङको प्लाष्टिकको झिल्लीमा पोका पारेको २ थान प्लाष्टिकसहित तौल गर्दा  १० ग्राम ६ सय ९० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा १० ग्राम २ सय ८० मिलिग्राम परिमाण भएको लागूऔषध (खैरो हेरोइन) फेला पारी दुवै जनालाई नियन्त्रणमा लिइएको डीएसपी चन्दले जानकारी दिए । 


Author

थप समाचार
x